२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकारले जनताको विश्वास गुमाइसकेको छ : पूर्ण बस्नेत

शनिवार , मंसिर ८, २०८१

काठमाडौं, ८ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले जनताको विश्वास गुमाइसकेको बताएका छन् । नेकपा (एमाले) ले शनिबार गरेको जनसभाबारे आफ्नो धारणा राख्दै प्रमुख बस्नेतले सरकार आफै भड्किएको अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

व्यक्ति खराब हुन सक्छ । तर, यहाँ सरकारी संरचनामाथि नै विश्वास गर्न सकिने अवस्था छैन । अझ जनताको अभिभावकको रुपमा रहनुपर्ने सरकारमाथि नै सबैभन्दा ठूलो अविश्वास खडा भएको छ । मुलुकको लागि यो भन्दा ठूलो दुर्भाग्य अरु के हुन सक्छ ? बस्नेतले प्रश्न गरे ।

‘सरकारसँग कुनै रोडम्याप छैन । देशमा उत्पन्न राजनीतिक, आर्थिक संकट समाधान गर्ने सरकारको सोच नै छैन । त्यस्तो अवस्थामा गर्ने भनेकै यस्तै यस्तै हतकण्डा हो । जनतालाई डेलिभरी दिन, जनताका समस्या समाधान गर्न, देशलाई अग्रगतिमा डोर्याउन दृष्टिकोण चाहिन्छ, इमान्दारिता चाहिन्छ, सरकारसँग त्यो कुरा देखिदैन,’ बस्नेतले भने ।

‘सरकारमा रहँदा सत्ता, शक्तिको चरम दुरुपयोग गर्ने काम भएकै थियो, हुँदाहुँदा अब सडकमा नाङ्गिने काम पनि भइरहेको छ, ’ बस्नेतले भने । आफैमाथि प्रश्नै प्रश्न उठेपछि यहाँ आन्दोलन, सभाको नाममा जनतालाई भ्रमित पार्ने काम हुने गरेको छ । बस्नेतले भने, ‘जनता जागरुक भइसकेका छन् अब यिनीहरु दण्डित हुने दिन आइसकेको छ ।’