
आइतवार , मंसिर ९, २०८१
भैरहवा, ९ असोज । रुपन्देहीको भैरहवास्थित होटल एसियन बुद्धले सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा अवस्थित होटलले प्रत्येक महिनाको पहिलो शनिबार उक्त कार्यक्रम गर्दै आएको छ । शनिबार (हिजो) बिहान होटल वरपरका सडक तथा शिव मन्दिर क्षेत्रमा सरसफाई गरिएको सञ्चालक तिलकराम घिमिरेले बताए । ‘सामाजिक कार्यमा हाम्रो उत्तरदायित्व, सरफाई अभियानमा एसियन बुद्धको नेतृत्व’ भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिदै आएको घिमिरेले बताए ।
स्वच्छ वातावरणका लागि सरसफाई आवश्यक रहेकोले यसैलाई मध्यनजर गर्दै होटलले यो कार्यक्रम सञ्चालन गर्दै आएको होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डेले बताए ।
चारतारे होटल एसियन बुद्धले सरसफाईसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको होटलका अपरेशन म्यानेजर जे.पी. सुवेदीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij