
आइतवार , मंसिर ९, २०८१
भैरहवा, ९ मंसिर ।सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा बिहीबारदेखि सुरु भएको ज्वाइन्ट क्रिकेट कप–२०८१ (क्रिकेट प्रतियोगिता) शनिबार पनि जारी रह्यो । शनिबार छात्राहरुबीच प्रतियोगिता भएको सामूहिक विद्यालय परिवारका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक समसाद इद्रिसीले बताए । उनका अनुसार पहिलो खेलमा युनिभर्सल पब्लिक स्कूललाई ५३ रनले पराजित गर्दै संजीवनी शिक्षा निकेतनले जीत हात पारेको छ । खेलमा संजीवनीकी रितिसा पाण्डे प्लेयर अफ द म्याच घोषित भइन् ।
त्यस्तै दोस्रो खेलमा श्री सतियालाई ८ विकेटले पराजित गर्दै लर्ड बुद्धले जितेको छ । खेलमा लर्ड बुद्धकी सपना कुमारी मल्लाह प्लेयर अफ द म्याच घोषित भइन् । त्यसै गरी तेस्रो खेलमा आदर्श विद्या मन्दिरलाई २ रनले पराजित गर्दै नेपाल नालन्दाले जितेको छ । खेलमा नालन्दाकी पुर्णिमा गुप्ता प्लेयर अफ द म्याच घोषित भइन् ।
चौथो खेलमा युनिक होम्सलाई ८ विकेटले पराजित गर्दै स्पांगलले जितेको छ । उक्त खेलमा स्पांगलकी सुगन्ध चौहान प्लेयर अफ द म्याच घोषित भइन् । पाँचौ खेलमा नेपाल नालन्दालाई २३ रनले पराजित गर्दै संजीवनीले जित्यो । उक्त खेलमा संजीवनीकी सलिना नेपाली प्लेयर अफ द म्याच घोषित भइन् ।
छैठौं खेलमा स्पांगललाई २३ रनले पराजित गर्दै लर्ड बुद्धले जित्यो । खेलमा लर्ड बुद्धकी इस्मिता पासी प्लेयर अफ द म्याच घोषित भएको प्रतियोगिताका संयोजक समसाद इद्रिसीले बताए ।
त्यस्तै शुक्रबार छात्रहरुबीच क्रिकेट प्रतियोगिता भएको छ । शुक्रबार भएको खेलमा लर्ड बुद्धलाई पराजित गर्दै श्री सतियाले जितेको छ । खेलमा श्री सतियाका अरुण कुमार हरिजन प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै न्यू ईरालाई पराजित गर्दै स्पांगलले जितेको छ । खेलमा स्पांगलका मैनुद्दीन खान प्लेयर अफ द म्याच घोषित भए ।
त्यसै गरी मनकामनालाई पराजित गर्दै नेपाल नालन्दाले जितेको छ । खेलमा नेपाल नालन्दाका मंगल सिंह शेर्पाली प्लेयर अफ द म्याच घोषित भए । युनिक होम्सलाई पराजित गर्दै एभरग्रीनले जित्यो । खेलमा एभरग्रीनका अमन केवट प्लेयर अफ द म्याच घोषित भए ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सञ्चालित प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ १० गरी २४ वटा टीमको सहभागीता रहेको सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष बसन्त पाण्डेले जानकारी दिए ।
सामूहिक विद्यालय परिवारमा हाल २० वटा विद्यालयहरु आबद्ध छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij