२०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

जसपा नेपालले आफ्नो वैचारिक अवधारणालाई जनतामाझ प्रस्तुत गर्ने

सोमवार , मंसिर १०, २०८१

  • 868
    Shares
  • 868
    Shares
  • काठमाडौं, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक एवं वैचारिक अवधारणालाई महत्वका साथ पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक एवं जनतामाझ प्रस्तुत कार्यलाई अगाडि बढाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

    बैठकले पार्टीको चारमहिने संगठन निर्माण अभियानअन्तर्गत संगठन निर्माण अभियानको समीक्षा गर्दै अभियानको सुरुवात उपलब्धीपूर्ण हुँदै गएको र अभियानलाई अझ बढी गतिशील र उपलब्धीपूर्ण बनाउन सम्पूर्ण अभियन्ताहरुले कार्यक्षेत्रमा रहेर क्रियाशिल भई लाग्नुपर्ने निष्कर्ष निकालेको छ ।

    पार्टीका महासचिव तथा पूर्वमुख्यमन्त्री लालबाबु राउतले बैठकको निर्णय कार्यान्वयनका लागि पार्टीको मातहत समितिलाई आइतबार परिपत्र जारी गरेका छन् ।

    साथै स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले उम्मेदवारी दिएका क्षेत्रमा पार्टीलाई जिताउन सम्बन्धित क्षेत्रका नेता–कार्यकर्ताहरुलाई सक्रियताका साथ परिचालित हुन आग्रह गरिएको छ ।