२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनी प्रदेशमा दलहरुसंग छलफल गर्न कांग्रेसले बनायो कार्यदल

बुधवार , फाल्गुण २६, २०७७

भैरहवा, २६ फागुन । 
लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसंग आवश्यक छलफल, संवाद र परामर्श गर्नका लागि नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले तीन सदस्यीय कार्यदल गठन गरेको छ । 

सर्वोच्च अदालतको फागुन २३ गते आएको नेकपासम्बन्धि निर्णयबाट उत्पन्न परिस्थितिमा प्रदेशको स्थायीत्व, दिगो विकास, संघीयताको सफल कार्यान्वयन एवं राजैनितक विषयमा छलफल र संवाद गर्न कार्यदल गठन गरिएको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले बताए ।

कार्यदलको सदस्यहरुमा संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खान, प्रदेशसभा सांसद विरबहादुर राना र रमा अर्याल रहेका छन् ।157734555_848954645962676_3942519776584319083_n.jpg