२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

माओवादी केन्द्र सिद्धार्थनगर–१० को अधिवेशन सम्पन्न, अध्यक्षमा सुरेन्द्र

सोमवार , मंसिर १०, २०८१

भैरहवा, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को वडा अधिवेशन सोमबार सम्पन्न भएको छ । सोमबार भएको अधिवेशनले सुरेन्द्र हरिजनको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । 

वडा कमिटीको उपाध्यक्षमा विजय गिरी, सचिवमा नन्दराम मुराव, कोषाध्यक्षमा सकिना खातुन र सह–सचिवमा सेसन कोइरी रहेका छन् । त्यस्तै सदस्यहरुमा शिव बरई, आकाश कोइरी, महेन्द्र हरिजन, तामु सहानी, कैलाश हरिजन, रामचन्द्र बरई, सुनिता देवी कोइरी, बसरुद्दीन निशा, बरसातु तेली, कलामुद्दीन मुसलमान र रमेश धवल रहेको माओवादी केन्द्र सिद्धार्थनगरका सह–सचिव दिलिप प्रजापतिले बताए ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य किस्मत वि.क.ले माओवादीलाई तल्लो तहबाट संगठित गर्दै जनतालाई पार्टीमा गोलबन्द गर्न  आवश्यक रहेको बताए । उनले माओवादीबाहेक अन्य पार्टीको कदेशलाई समृद्ध बनाउने योजना नभएको कारणले नै जनताले माओबादीलाई रूचाइरहेको बताए ।

त्यस्तै माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तीर बहादुर रोकाय (डार्बिन)ले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारीको संरक्षण गर्न बनेकाले यो सरकारबाट नेपाली जनताको पक्षमा कुनै काम नहुने दावी गरे । पार्टीको सिद्धार्थनगर इञ्चार्ज फैज अहमद खानले नेपाली जनताको अधिकार माओवादी केन्द्रकै कारणले प्राप्त भएको बताए ।

माओवादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष नारायण बहादुर हमालले पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले धेरै राम्रो काम गरेको दावी गरे ।

नगर उपाध्यक्ष कमला थापाले पार्टीको धारणा, संगठन र महिला अधिकारको बारेमा भनाइ राखेकी थिइन् ।

वडा कमिटीका अध्यक्ष रामचन्द्र कोइरीको अध्यक्षता, सिद्धार्थनगर कमिटी उपाध्यक्ष कमला थापाको स्वागत तथा नगर सह–सचिव दिलिप प्रजापतिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

WhatsApp Image 2024-11-25 at 1.46.05 PM.jpeg

माओवादी केन्द्र सिद्धार्थनगरको अधिवेशन यही मंसिर २९ गते हुँदैछ ।