
मंगलवार , मंसिर ११, २०८१
भैरहवा, ११ मंसिर । कराँतेका अन्तर्राष्ट्रिय गुरु हान्सी ग्रान्ड मास्टर केन्सी हिदियो वातानाबेले लुम्बिनी र बुद्धिज्मको सम्बन्ध प्राचिन कालदेखि रहेको बताएका छन् । विश्व कराँतेमा सबैभन्दा सिनियर गुरु भनेर चिनिएका वातानाबेले जसरी बुद्ध वचनमार्फत विश्वभर शान्तिको सन्देश प्रवाह गरिदैछ त्यसैगरी कराँते खेलमार्फत शान्ति कायम गर्न विश्वभरीबाट पहल भइरहेको बताए ।
कराँतेमा उच्चस्तरीय डिग्री बुबिसि मास्टर डिग्री प्राप्त हान्सि ग्रान्ड मास्टरले विश्वका धेरै देशहरु भन्दा नेपालीहरुको स्वागत र सत्कारको शैली सबैभन्दा प्रशंसनीय भएको बताए । उनले नेपालको प्रकृति र नेपालीहरुको व्यवहार सबैभन्दा प्रिय रहेको भन्दै विश्व कराँतेमा नेपाली कराँते खेलाडीहरुको सम्भावना उच्च रहेको बताए । उनले नेपाल सरकारले नेपाली कराँते खेलाडीलाई संरक्षण गरेमा विश्व कृतिमानीमा नेपाली खेलाडी अग्रभागमा रहने पनि बताए ।
जापान गोजुरियो कराते डो मिसन संघ, नेपालको अगुवाइमा नेपालमा कराँतेको विकास भइरहेको भन्दै बुद्धकालिन खेलको रुपमा रहेको कराँतेले मानिसलाई आत्मविश्वासी र निडर बनाउने पनि बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij