
मंगलवार , मंसिर ११, २०८१
बुटवल, ११ मंसिर । रुपन्देहीको बुटवलस्थित सिद्धबाबा हस्पिटलको सोमबार संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले अवलोकन गरेका छन् ।
डा. लामालाई अस्पतालका संस्थापक अध्यक्ष डा. शक्ति बस्नेत, अध्यक्ष डा. दीपेश प्रधान, अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपाने लगायतले स्वागत गरेका थिए ।
बुटवलको रामनगरमा वि.सं. २०७५ सालमा स्थापना भएको अस्पतालको अवलोकन गर्दै डा. लामाले अस्पतालले जटिल प्रकारको रोगको उपचार गुणस्तर र सुलभ दरमा गरेको भन्द्र प्रशंसा गरे । उनले मुटु, मिर्गौलासँगै अन्य जटिल प्रकारका रोगहरूको उपचार लागि सरकारले राहत रकम थप छुटाउनुपर्ने बताए । उनले लागूऔषध प्रयोगकर्ताहरू कारणले अपराध समेत बढेको भन्दै लागूऔषध प्रयोग नगर्ने समाज निर्माण गर्न सबैको दायित्व रहेको बताए । उनले अस्पताललाई व्यापार भन्दा पवित्र कर्मको रूपको हेर्नुपर्ने बताए ।
त्यस्तै अस्पतालका संस्थापक अध्यक्ष डा. शक्ति बस्नेतले मिर्गौला रोग, मुटु रोग विशेषज्ञ, दम, छाती तथा फोक्सो रोग विशेषज्ञ, स्नायु तथा मस्तिष्क रोग विशेषज्ञ उपचार सेवा दिएको जानकारी दिए । उनले विशिष्ट चिकित्सकहरुले गुणस्तरीय सेवा दिने अस्पताल कहलिएको बताए ।
सिद्धबाबा अस्पतालमा सञ्चालक समितिका अध्यक्ष डा.दीपेश प्रधानले यो क्षेत्रमा निजी अस्पताल तथा क्लिनिकहरूमा भन्दा सुलभ दरमा उच्च प्राविधिको प्रयोग गरी गुणस्तरीय सेवा दिएको बताए ।
अस्पतालका प्रबन्धक प्रकाश न्यौपानेले अस्पतालमा विभिन्न सेवाको विशेषज्ञ चिकित्सकसहित २४ घण्टा सेवा उपलब्ध रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij