
मंगलवार , मंसिर ११, २०८१
काठमाडौं, ११ मंसिर । लेखक तथा जेष्ठ नागरिक समाजका केन्द्रिय सदस्य शिवप्रसाद पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रियको राजधानीमा आयोजित समारोहमा विमोचन भएको छ ।
पुस्तक वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर, व्यंग्य लेखक लक्ष्मण गाम्नागे, समालोचक ज्ञानु अधिकारी तथा लेखक शिवप्रसाद पाण्डेले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
पुस्तकमा लेखकले आफ्नो समय र अनुभव अनुसारको समाज कथ्य रुपमा प्रस्तुत भएको बताए । उनले हरेक कथाले सामाजिक परिवेशलाई चित्रण गरेको बताए ।
साहित्यकार डा. रवीन्द्र समीरले ६८ वर्षको उमेरमा पहिलो कथासंग्रह निकालेर लेखकले सबैलाई प्रेरणा दिएको बताउँदै हरेक कथामा लेखकले आफूले सुनेको, देखेको, भोगेको तथा अध्ययन गरेको विषयलाई जनजीब्रोको भाषामा लेखेको बताए । समीक्षक ज्ञानु अधिकारीले शिवप्रसाद पाण्डेका कथामा अर्गानिक स्वाद रहेको तथा व्यंगात्मक चेत उत्कृष्ट रहेको बताइन् ।
कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष तथा व्यंग लेखक लक्ष्मण गाम्नागे, योगगुरु दिग्विजय आनन्दले पनि भनाइ राखेका थिए । उक्त कार्यक्रमको सभापतित्व जेष्ठ नागरिक समाजका केन्द्रिय अध्यक्ष चिरन्जीवी कंडेलले गर्नुभएको थियो ।
प्रच्छन्न इन्द्रिय मन्जरी प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकको मुल्य रु. ३७५ रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij