२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

अस्पताल र स्वास्थ्य संस्थामा सेवाग्राहीले सजिलोसँग बुझ्ने गरी सूचना राख्न निर्देशन

मंगलवार , मंसिर ११, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • दाङ, ११ मंसिर । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सेवाग्राहीले सहज रुपमा देख्ने र पढ्न मिल्ने गरी सेवा शुल्कसहितको विवरण राख्न सबै अस्पताल तथा स्वास्थ्य संस्थालाइ निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनतालाई सहज र सरल रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने गरी सेवा शुल्कसहितको विवरण सबैले सजिलोसँग देख्ने, पढ्न मिल्ने गरी राख्न निर्देशन जारी गरेका हुन् । ‘स्वास्थ्य सेवा लिन जाने तर, कुन सेवा निःशुल्क हो । कुन सेवामा शुल्क लाग्छ थाहा नहुँदा समस्या परेको देखिन्छ’मन्त्री सारुले भने–‘सेवा प्रवाहलाई सहज र सेवाग्राहीमैत्री बनाउन सूचना प्रवाहलाई चुस्त बनाउने गरी निर्देशन जारी गरेका हौं ।’ 

    मन्त्रालयले मंगलबार पत्र काट्दै सरकारी तथा निजी, सामुदायिक रुपमा सञ्चालन भएका अस्पतालहरुमा निर्देशन जारी गरेको वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासन महाशाखा प्रमुख नोद नारायण चौधरीले जानकारी दिए ।

    स्वास्थ्य संस्थाहरुले सेवाग्राहीले सहज रुपमा बुझ्न नसक्ने गरी सूचना प्रवाह गर्ने गरेका छन्  । अबदेखि सहज रुपमा सेवाको बारेमा जानकारी दिने गरी व्यवस्था मिलाउन निर्देशन दिइएको हो ।  प्रदेशका सबैै स्वास्थ्य संस्थाहरुले दिने सुविधाहरुको सूची स्पष्ट रुपमा देखिने र जनताले बुझ्ने गरी राख्न भनिएको छ ।