२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

भैरहवामा क्यासिनोका दुई म्यानेजरमाथि आक्रमण

मंगलवार , मंसिर ११, २०८१

भैरहवा, ११ मंसिर । भैरहवामा रहेको एलेगेंट क्यासिनोका म्यानेजरमाथि आक्रमण भएको छ । एसियन बुद्ध होटलले सञ्चालन गर्दै आएको एलेगेंट क्यासिनोका महाप्रबन्धक समिर शर्मा र क्यास म्यानेजर बैकुण्ठ न्यौपानेमाथि आक्रमण भएको रुपन्देही प्रहरीले जनाएको छ । 

मायादेवी गाउँपालिका–८ शिव मन्दिरस्थित क्वाटरमा खाना खाइरहेका बेला एक समूहले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । रुपन्देही प्रहरी प्रमुख (एसपी) रञ्जित सिंह राठौरका अनुसार खाना खाइरहेको बेला आएका ती व्यक्तिले समिर सर खै भनेर सोधेपछि धारिलो हतियार प्रयोग गरेर आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ । 

हतियार प्रहारबाट हात र खुट्टामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घटना सोमबार राति साढे १० बजेको हो । धारिलो हतियार प्रहार गर्नेको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । घाइते दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।