२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

बुटवलकाे दियालो फुडल्याण्डमा आगलागी

बिहिवार , फाल्गुण २७, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • बुटवल। बुटवलमा रहेको एक रेष्टुरेण्टमा आगलागी भएको छ । बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा मध्यराति करिब १:३० बजे आगलागी भएको हो ।

    आगलागिबाट रेष्टुरेण्ट सेक्टरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा क्षतिपुगेको छैन । आगलागीबाट करिब डेढ करोड भन्दा बढिको क्षति भएको दियालो फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले बताए ।

    बुटवल उपमहानगरपालिकाको दमकलको सहायतामा करिब ३ घण्टा पछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलले जानकारी दिएको छ ।

    आगो कसरी लाग्यो त्यसको बारेमा थप अनुसन्धान भइ रहेको र क्षतिको बारेमा थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएको छ ।