२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

तिलोत्तमामा ४३० जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रदान

बुधवार , मंसिर १२, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • रुपन्देही, १२ मंसिर । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ४ सय ३० जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रदान गरिएको छ । 

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा पुन नापिबाट तयार गरिएका जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो । 

    नापी कार्यालय रुपन्देहीको आयोजनामा वडा भित्रका ४ सय ३० जना जग्गा धनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको नापी प्रमुख सुग्रिव यादवले जानकारी दिए ।  

    तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले यो सुरुवात चरण भएको उल्लेख गर्दै यस पटक छुटेका जग्गा धनीले कार्यालयमा सम्पर्क गरी जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रकृया थाल्न आग्रह गरे ।  

    कार्यक्रममामा नगर प्रमुख खाँण सहित उपप्रमुख जगेश्वरीदेबी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नापी कार्यालय प्रमुख सुग्रिव यादव, वडा नम्बर १३ का अध्यक्ष नारायण ढकाल, नापी अधिकृत सन्दिप डढकाल लगायतले जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरेका थिए । 

    लामो समयदेखि जग्गा उपभोग गर्दै आएपनि लालपुर्जाबाट बञ्चीत नागरिकले लालपुर्जा पाएपछि खुसि व्यक्त गरेका छन्। उनीहरुले लाजपुर्जा पाउन बाँकी सबैलाई प्रक्रिया पुर्याएर छिट्टै पुर्जा प्रदान गर्न आग्रह गरेका छन् ।