२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

खु्द्रा किराना व्यवसायी संघ रुपन्देहीद्वारा गौशालामा आहार वितरण

बुधवार , मंसिर १२, २०८१

बुटवल, १२ मंसिर । खु्द्रा किराना व्यवसायी संघ बुटवल, रुपन्देहीले बुटवल उपमहानगरपालिका–७ शिवनगरस्थित नन्दिनी गौशालामा गौमाता आहार वितरण गरिएको छ । संघको १८ औं स्थापना दिवसको अवसरमा गौशालामा गौमाता आहार वितरण गरिएको हो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका सडक तथा विभिन्न स्थानहरुमा अलपत्र अवस्थामा रहेका गाईगोरुहरुलाई गौशालामा ल्याएर सुरक्षित एवं व्यवस्थित बनाइएको बताइन् । उनले राष्ट्रिय जनावर अलपत्र अवस्थामा रहनुभन्दा व्यवस्थापन गर्ने उद्देश्यअनुसार नै नगरप्रमुखको नेतृत्वमा काम सुरु भएको बताइन् । खुद्रा व्यवसायीहरु प्रत्यक्ष नागरिकको भान्सामा पुग्ने भएकोले विक्रीवितरण गर्दा ध्यान दिनुपर्ने बताइन् । उनले खानेकुराको गुणस्तरमा ध्यान दिन आग्रह गरिन् । 

कार्यक्रममा बोल्दै संघका सल्लाहकार कृष्णप्रसाद पाण्डेले हाटबजारमा व्यवसायीले सहज बेच्न पाउने तर, खुद्रा व्यापारीहरुले पीडा भोग्नुपरेको बताए । उनले खुला सीमा नाकाले व्यवसाय तथा अर्थतन्त्रमा प्रभाव परेको बताए । संघका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले छाडा चौपायाले खुद्रा व्यवसायीहरु समस्यामा पारेको र यही मुद्दा सुरुवातदेखि नै संघले उठाउँदै आएकोले गौशालामा रहेको गाईगोरुलाई आहार उपलब्ध गराइएको बताए । 

two.jpg

संघको १८ औ स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष टिकाराम गैरेलाई सम्मानित गरिएको थियो । सम्मान पश्चात बोल्दै गैरेले संघको स्थापनादेखि अहिलेसम्म आउँदा भएका उतारचढावको बारेमा बताएका थिए । 

कार्यक्रममा मानव अधिकारी तथा शान्ति समाज रुपन्देहीका निवर्तमान सभापति कृष्णप्रसाद भट्टराई, संघका पूर्वअध्यक्षहरु ज्ञान प्रसाद न्यौपाने, कमला गौतम, मोहन प्रसाद बस्याल, महासचिव गोपाल ज्ञवाली लगायतले बोलेका थिए । 

गौशालामा गाईको लागि चापट, घाँस, भेली लगायतका सामग्री हस्तान्तरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक ज्ञान प्रसाद न्यौपानेले जानकारी दिए ।