२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

सिद्धार्थनगर-१ : दोस्रो वडाकप क्रिकेट प्रतियोगिता–२०८१ सुरु

बिहिवार , मंसिर १३, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • भैरहवा, १३ मंसिर । सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा बिहीबारदेखि दोस्रो वडाकप टेनिस क्रिकेट प्रतियोगिता–२०८१ सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गरेका हुन् । 

    सो अवसरमा बोल्दै नगरप्रमुख खाँले भैरहवा क्रिकेटको उर्वरभूमि भएको बताए । उनले यहाँका खेलाडीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागीता जनाउँदै आएको बताए । उनले वडा नम्बर १ ले आयोजना गरेको यो वडाकप क्रिकेट प्रतियोगिताले क्रिकेट खेलको विकासमा टेवा पुर्‍याउने बताए । उनले कुल बजेटको कम्तीमा १० प्रतिशत खेलकुद क्षेत्रमा विनियोजन गर्नुपर्नेमा जोड दिए ।

    त्यस्तै नगर प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले वडा नम्बर १ ले यस वर्ष पनि वडाकप क्रिकेट प्रतियोगितालाई निरन्तरता दिनु प्रशंसनीय भएको बताए ।
    सिद्धार्थनगर नगरपालिका–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले खेलकुदको माध्यमबाट खेलाडीहरुले नेपाललाई विश्वमै चिनाउन सफल भएको बताए । उनले भने, ‘सिद्धार्थनगर नगरपालिकाको टीम खेलप्रेमी छ । खेलकुद र खेलाडीको विकासमा लागिपरेका छौं । सिद्धार्थ क्रिकेट रंगशालालाई पनि विशेष रुपमा हेरेका छौं ।’

    वडा सदस्य हरिमाया गुरुङको सञ्चालनमा प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

    रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा ९ वटा टीमको सहभागीता रहेको वडा सदस्य तथा तथा कार्यक्रम संयोजक मिन बहादुर गुरुङले बताए । सहभागी टीममा नौडिहवा क्रिकेट क्लब (क), बेलहिया युथ क्रिकेट क्लब, त्रिमुर्ती क्रिकेट क्लब, हर्नैया क्रिकेट क्लब, नौडिहवा क्रिकेट क्लब (ख), बेलहिया कोटहीमाई युवा क्लब, बुढवा ११ स्टार, पक्लिहवा लेजेन्ड, एन.आर.क्रिकेट क्लब रहेका छन् ।