
शुक्रवार , मंसिर १४, २०८१
रुपन्देही, १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट २८९ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित बिश्व बिद्यालयको तेस्रो दीक्षान्त समारोहबाट २८९ जना बिद्यार्थी दीक्षित भएका हुन् ।
लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २८९ जना विद्यार्थी दीक्षित भएको बिश्व बिद्यालयका रजिष्ट्रार डा. तिलक आर्चायले जानकारी दिनुभयो ।
विश्वविद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गर्नु भएको छ ।
दीक्षान्त समारोहमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोेत्कृष्ट १३ जना विद्यार्र्थीरुलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान समेत गरिएको छ ।
समारोहमा कुलपति ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिबाट बिभुषित गरिएको छ । बौद्व धर्म प्रचारक धम्मावती गुरुमालाई पहिलो मानार्थ विद्यावारिधी उपाधि प्रदान गरिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij