२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

माओवादी केन्द्र सैनामैना–५ को अधिवेशन सम्पन्न, अध्यक्षमा अर्याल

शनिवार , मंसिर १५, २०८१

रुपन्देही, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) सैनामैना नगरपालिका वडा नम्बर ५ को तेस्रो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मधु अर्यालको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा गोपाल घिमिरे र उमा भट्टराई, सचिवमा सीता दर्नाल, सह–सचिवमा जनदत्त जैसी र कोषाध्यक्षमा टीका भाट निर्वाचित भएका छन् । त्यसै गरी सदस्यमा हरि बहादुर भित्रकोटी, लक्ष्मी सुनार, विशाल ढकाल, प्रेम अर्याल, सावित्रा बि.क. गीता पोखरेल, चुमेर सुनार, केशव बि.क. र तेजेन्द्र मल्ल रहेका छन ।

अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जि.सी.ले संगठनलाई हरेक जनताको घरदैलोमा पुर्याएर देश र जनताप्रति समर्पित भएर पार्टीलाई एकढिक्का बनाउनुको विकल्प नरहेको बताए । उनले जनयुद्धबाट स्थापित राज्य व्यवस्थालाई उल्ट्याउन अनेक षडयन्त्र भइरहेको र ती षडयन्त्रहरुको जालोबाट सचेत नागरिकहरुलाई मुक्त बनाउन पार्टीको विचार, सिद्धान्त र कार्ययोजनाबारे प्रशिक्षित गराउँदै जानुपर्नेमा जोड दिए ।

माओवादी केन्द्र सैनामैना ५ नम्बर वडा कमिटीका उपाध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको लुम्बिनी प्रदेश सचिवालय तथा रुपन्देही क्षेत्र नम्बर ५ का संयोजक अमर रोकाले नवनिर्वाचित वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा कृष्णकान्त मरासिनीले स्वागत गरेका थिए ।

वडा अधिवेशनका लागि राजेन्द्र घिमिरेको संयोजकत्वमा मोतीलाल न्यौपाने र हेमकान्त अर्याल रहेको ३ सदस्यीयय निर्वाचन समिति गठन गरिएको थियो ।