
शनिवार , मंसिर १५, २०८१
भैरहवा, १५ मंसिर । लियो क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले निःशुल्क मधुमेह परीक्षण गरेको छ । ६७ औं लियो इन्टरनेशनल वीक सेलिब्रेसनको अवसरमा पहिलो दिन क्लबले शुक्रबार उक्त कार्यक्रम गरेको अध्यक्ष सन्दिप कसौधनले बताए ।
केयर प्लस डाइग्नोष्टिक एण्ड प्याथोलोजी लेब्रोटरी प्रा.लि. भैरहवाको सहयोगमा सिद्धार्थनगर नगरपालिका–४ स्थित श्रीराम जानकी हनुमान मन्दिर प्रांगणमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक दुर्गा प्रसाद कान्दुले बताए । कार्यक्रममा १०५ जनाको मधुमेह परीक्षण गरिएको कान्दुले जानकारी दिए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं ४ नम्बर वडाका अध्यक्ष मुक्तिनाथ यादव (भोला), क्लबका सल्लाहकार गौतम गुप्ता, प्रेसिडेन्ट एडभाइजर जय सिंह थापा, संजोग राज तिवारी, समिर बस्नेत लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij