
आइतवार , मंसिर १६, २०८१
काठमाडौँ,१६ मंसिर ।उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमन सिंहले काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षको निर्वाचनका लागि मतदान गरेका छन ।
आईतवार बिहान उपप्रधानमन्त्री सिंहले पकनाजँलस्थित मतदान केन्द्रमा पुगेर मतदान गरे। ०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि अहिले उपनिर्वाचन भइरहेको हो । उपप्रधानमन्त्री सिंहले निर्वाचनका लागि राम्रो व्यवस्थापन गरेको बताए । उनले बिहानको समयमा चिसो भएकाले आम नागरिकहरु नआएपनि दिउँसो आफ्नो अधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्नका लागि मतदान गर्न आउने अपेक्षा गरे । उनले मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गर्न आह्वान गरे ।
उनले भने, ‘बिहानको समय छ । काठमाडौंको मौसम ठण्डाठण्डा भएको हुनाले अलि घाम लागेपछि यहाँ भीडभाड बढ्ला । निर्वाचनको व्यवस्थापनदेखि सबैकुरा राम्रो छ । बढी भन्दा बढी मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेर एउटा राम्रो वडाध्यक्ष बन्नको लागि मतदान गर्नुहोला । यो तपाईंहरुको अधिकार हो, त्यसको सदुपयोग गर्नुहोला ।’
काठमाडौँ–१६ मा नेपाली काँग्रेसले देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट माओवादीको समर्थनमा मीनबहादुर मानन्धर चुनावी प्रतिष्पर्धामा छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij