२०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

चार देशका राजदूतहरुले लिए सपथ

आइतवार , मंसिर १६, २०८१

  • 694
    Shares
  • 694
    Shares
  • काठमाडौँ,१६  मंसिर ।राष्ट्रपति रामचन्द्र पौडेलले बिभिन्न देशका लागि नियुक्त भएका राजदूतहरुलाई सपथ ग्रहण गराउदै  छन।

    आइतबार शितल निवासमा राष्ट्रपति पौडेलले संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, संघीय गणतन्त्र जर्मनीका लागि डाक्टर शैल रुपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डाक्टर नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवलाई सपथ ग्रहण गराएका हुन।

    सरकारले राजदूतमा नियुक्त गरेपछि संसदीय सुनुवाईबाट अनुमोदन भएका राजदूतहरुलाई राष्ट्रपति पौडेलले केहिदिन अघि नियुक्त गरेका थिए। शपथ समारोहमा परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा उपस्थित रहेको थियो।