
आइतवार , मंसिर १६, २०८१
काठमाडौं, १४ मंसिर । इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेसको क्षेत्रमा काम गर्दै आएको मोबाईलमाण्डुको व्यवस्थापनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिसकेको खबर छ । यही नोभेम्बर २६ अर्थात मंसिर ११ गतेदेखि ब्ल्याक शार्कका एसेसरिज ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबड औपचारिक रुपमा नेपाली बजारमा ५० प्रतिशत छुटमा उपलब्ध भइरहेका छन् ।
नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेस एवं ब्ल्याक शार्कको नेपालका लागि आधिकारिक वितरक मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजका ब्राण्डहरुको विशेष लन्च गरिएको छ । यसअघि मोबाईलमाण्डुले आईप्रो मोबाईल फोन लगाएत सामग्रीहरु नेपालभर विक्रीवितरण गर्दै आइरहेको थियो ।
मोबाईलमाण्डुका सञ्चालक सुनिता सुवेदीका अनुसार गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबड लगायत पाँवटा उत्पादनको वारेमा जानकारी लिन र प्रयोग गर्न सक्नेछन् । सञ्चालक सुवेदीले भनिन्‘दराज र मोबाइलमान्डुको प्ल्याट फर्मबाट पनि यी सामग्रीहरु अनलाईन खरिद गर्न सकिनेछ ।’
ब्ल्याक शार्कको नेपाली बजारमा औपचारिक लन्चको अवसरमा सीमित समयका लागि आकर्षक छुट र अन्य विभिन्न अफर समेत उपलब्ध गराइने छ । प्रिमियम एसेसरिजलाई अझ सबैको पहुँचयोग्य बनाउनका लागि सीमित समयका लागि ५० प्रतिशतसम्म छुट अफर उपलब्ध भइरहेको बताइएको छ ।
त्यसै गरी पहिलो ५० ग्राहकले जीटी ३ नियो स्मार्टवाच र टी ९ इयरबडमा विशेष छुट प्राप्त गर्नेछन् । यीबाहेक सुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभव मज्जाले लिन र ब्रान्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्पर समेत प्रदान गरिनेछ ।
सहभागीहरुमा उत्साह प्रदान गर्न र पुरस्कृत गर्नका लागि एक ग्रान्ड गिभअवे कार्यक्रम गरिनेछ र यसमा विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ मूल्यको ब्ल्याक शार्क प्रोडक्ट उपलब्ध गराइने छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij