२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

रोटरी बुटवल चौतारीद्वारा आयूर्वेद र जीवन विषयक जनचेतनामूलक प्रशिक्षण

आइतवार , मंसिर १६, २०८१

  • 757
    Shares
  • 757
    Shares
  • बुटवल, १६ मंसिर । रोटरी क्लब अफ बुटवल चौतारीको आयोजनामा आयूर्वेद र जीवन विषयक जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्लबको २२८ औं नियमित बैठकसँगै आयोजना गरिएको प्रशिक्षणमा रक्षा आयूर्वेदिक फार्मेशी मणिग्रामका सञ्चालक समेत रहेका राष्ट्रिय आयुर्वेद एशोसिएसन अफ नेपाल (रान) का केन्द्रीय उपाध्यक्ष शालिग्राम भुसालले आयुर्वेद र जीवन विषयक सचेतनामूलक प्रशिक्षण दिएका थिए ।

    आयुर्वेद व्यवसायबाट धेरै सम्भावनाहरु रहेको, यसले नेपाली युवाहरुलाई आयुर्वेदको माध्यमबाट देशमा रोजगारीको अवसर सृजना गरेको, दीर्घ रोगीहरुलाई जडिबुटी औषधीको माध्यमबाट स्वस्थ्य बनाउन सकिने भन्दै उनले निरोगी मानिसको स्वस्थ्य रक्षाका लागि पनि आयुर्वेदिक औषधी अनिवार्य जस्तै भइसकेको बताए । उनले रोटरी क्लव अफ बुटवल चौतारीले थालेको यो अभियान समाजलाई नै जनचेतना फैलाउन मद्दत पुग्ने बताए ।

    पण्डित आयुर्वेद उद्योगका सञ्चालक समेत रहेका नेपाल आयुर्वेद औषधी उत्पादक संघ (एम्पान) का केन्द्रीय सदस्य चन्द्रकान्त खनालले अन्य औषधीसँंग आयुर्वेद औषधीको तुलना गर्न नसकिने भन्दै औषधीको उत्पादन नै आयुर्वेदबाट भएकोले र औषधीको मुख्य कच्चापदार्थ नै जडिबुटी भएकोले सबैभन्दा सर्वोत्कृष्ट औषधी नै आयुर्वेदिक औषधी भएको बताए ।

    कार्यक्रमका लागि पथिक फाउण्डेशन रुपन्देहीका इञ्चार्ज माधव पौडेलले संस्थाको हल उपलब्ध गराउनुका साथै योगाभ्यास समेत गराएका थिए । उनले मानिसको जीवनमा योग अपरिहार्य रहेको भन्दै रोटरीले यसको महत्वलाई अझै सार्थक बनाउने काम गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

    कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।