
मंगलवार , मंसिर १८, २०८१
भैरहवा, १८ मंसिर । भारतको विभिन्न शहरमा बेचबिखनमा परेका नेपाली चारजना बालबालिकाको उद्धार गरिएको छ । आफन्त इण्डिया फाउण्डेसन र आफन्त नेपाल, भैरहवा शाखाले दिल्लीस्थित नेपाली दूताबास, प्रहरी–प्रशासन लगायतको सहकार्यमा बालबालिकाको उद्धार गरी नेपाल ल्याएको हो ।
आफन्त नेपालकी भैरहवा शाखा प्रमुख पदमा आचार्यले भारतको हैदराबाद, चण्डिगढ, ग्वालियर र राजस्थानबाट बालबालिकाहरुलाई उद्दार गरिएको बताइन् । आचार्यले तत्काल बुवाआमा नभेटिएका बालबालिकाहरुलाई सुरक्षित आवास गृहमा राखेर शिक्षा, सीप सिकाई लगायतमा समावेश गरिने जनाइन् ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रमुख जिल्ला अधिकारीले बासुदेव घिमिरेले तीन बालिका र एकजना बालकलाई उद्दार गरी नेपाल ल्याइएको बताए । प्रजिअ घिमिरेले तीन जनालाई संस्थाको संरक्षणमा एकजना बालकलाई आफन्तको जिम्मा लगाइएको बताए । पीडकलाई अनुसन्धान गरी कारवाहीको प्रक्रियामासमेत जाने घिमिरेले जानकारी दिए ।
इंडिया फाउण्डेसनका निर्देशक विनोद कुमार खातीले ललाइफकाइ भारतका विभिन्न शहरमा पुर्याइ बेचबिखनमा परेका बालबालिकालाई उद्दार गरिएको बताए ।
बाँके जिल्लाको १७ वर्षिय बालिका, दार्चुलाकी १७ वर्षिय बालिका, कैलालीको १६ वर्षिय बालिकालाई आफन्त नेपालको सुरक्षित आवास गृह चितवनमा राखिनेछ । त्यस्तै सर्लाही जिल्लाको १२ वर्षिय बालकलाई उनको दिदीको जिम्मामा लगाइएको इंडिया फाउण्डेसनका उद्धार अधिकृत मानबहादुर श्रेष्ठले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij