२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ लुम्बिनी र पश्चिमको अधिवेशन सम्पन्न

मंगलवार , मंसिर १८, २०८१

भैरहवा, १८ मंसिर । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ लुम्बिनी क्षेत्रीय समितिको चौथो अधिवेशन एवं आठौं वार्षिक साधारण सभा तथा पश्चिम क्षेत्रीय समितिको तेस्रो अधिवेशन एवं छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कपिलवस्तुको राजापानीमा भएको साधारण सभा तथा अधिवेशनले प्रदेश समिति तथा क्षेत्रीय समितिहरु सर्वसम्मत चयन गरेको छ ।

संघको लुम्बिनी क्षेत्रीय समितिको अध्यक्षमा बिष्णु वाग्ले चयन भएको छन् । त्यस्तै उपाध्यक्षमा मोहन भण्डारी, सचिवमा राम प्रसाद भट्टराई, कोषाध्यक्षमा आनन्द कर्ण, सदस्यमा रमेश पौडेल, नारायण मरासिनी र रामप्रसाद पाण्डे चयन भएका छन् ।

त्यस्तै दाङ प्यूठान क्षेत्रीय समितिको अध्यक्षमा माधब राज भण्डारी, उपाध्यक्षमा दामोदर पोख्रेल, सचिवमा हरि विष्ट, सदस्यमा सुभाष खड्का र रमेश रावत रहेका छन् । 

त्यसै गरी पश्चिम क्षेत्रीय समितिको अध्यक्षमा बिनोद पौडेल, उपाध्यक्षमा ज्ञानेन्द्र अधिकारी, सदस्यमा लिलाधर जोशी, दिलिप जयसवाल र महेश सापकोटा रहेका छन् ।

संघको लुम्बिनी प्रदेश समितिमा अध्यक्षमा रुपक अर्याल, उपाध्यक्षमा बिष्णु खनाल र सचिवमा राम प्रसाद गौतम रहेका छन् ।