
मंगलवार , मंसिर १८, २०८१
चितवन, १८ मंसिर ।सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि उनकारवि लामिछानेलाई चितवन लगेसंगै समर्थकहरुले प्रदर्शन गरेका छन् ।
रवि लामिछानेलाई चितवनबाटै रिहा गर भन्दै उनका समर्थकहरुले प्रदर्शन गरेका हुन् । भरतपुरको कृषि कार्यालय अगाडी जम्मा भएर रविका समर्थकहरुले नारावाजी गरेका थिए ।उनीहरुले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर, रविलाई न्याय दे लगाएका नारा लगाएका थिए । कृषि कार्यालयबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।
चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयानका लागि लामिछानेलाई मंगलबार नै काठमाडौबाट चितवन लगिएको हो । चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरूले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij