२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमाले लुसनपा–८ को दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा खाँ

बुधवार , मंसिर १९, २०८१

भैरहवा, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ८ को दोस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार भएको अधिवेशनले इरशाद अहमद खाँको अध्यक्षतामा १३ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा माया हरिजन, सचिवमा घनश्याम गुप्ता, सह–सचिवमा राम मिलन हरिजन र तिलकराम यादव रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सुनिता हरिजन, सत्यनारायण यादव, महेन्द्र हरिजन, कलामुद्दीन नाउ, हजरत अली धोबी, रमजान अली मुसलमान, तौफीक अहमद मुसलमान र अनिता हरिजन रहनुभएको एमाले लुम्बिनी साँस्कृतिक नगरपालिका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

एमाले लुसनपा–८ कमिटीका अध्यक्ष पन्चराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको रुपन्देही क्षेत्र नम्बर ५ का संयोजक खड्क कुवर, लुम्बिनी प्रदेश सल्लाहकार हजरत बेलाल फकीर, अब्दुल रहमान, जिल्ला सदस्य टिका कट्टेल, हफीज खान, नगर अध्यक्ष गोविन्द ज्ञवाली, नगर सचिव वसीउद्दीन खाँ, उपसचिव सरिता श्रीवास्तव लगायतको आतिथ्यता रहेको थियो ।