२०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा नेपाल अपांग आश्रममा सहयोग

बुधवार , मंसिर १९, २०८१

  • 895
    Shares
  • 895
    Shares
  • बुटवल, १९ मंसिर । ३३ औं अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस (३ डिसेम्बर) को अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलको देवीनगर रंगशालास्थित नेपाल अपांग आश्रममा सहयोग हस्तान्तरण गरेको छ । मंगलबार आश्रममा आश्रति अपांगता भएका बालबालिकाको लागि स्टेशनरी, पठनपाठनका सामग्री तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा आश्रमका अध्यक्ष अभियान डोल बहादुर रामदाम तथा जेष्ठ अपांगता भएका व्यक्ति र सेवारत अभियान्ताहरुलाइ प्रोत्साहन स्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार एवं निवर्तमान सभापति गोविन्द खनाल, केन्द्रिय सदस्य डिपि खनाल, पूर्व सभापति हरिश ढकाल, कृष्ण  प्रसाद भट्टराई, जिल्ला सभापति अर्जुन ज्ञवाली, कार्यक्रम संयोजक कल्पना ढकालले अपाङ्गता भएका व्यक्तिलाई सहयोग, सदभाव, प्रेमको व्यवहार गरिनुपर्ने बताए । राज्यले उनीहरुको हेरचाह, संरक्षण, साथै समावेशी तथा दिगो भविष्यको पूर्वाधार निर्माण गर्दै अपांगता भएका व्यक्तिको प्रवल नेतृत्वको लागि  पहलकदमी र विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनीहरुले जोड दिए ।

    आश्रमका अध्यक्ष डोल बहादुर रामदमले मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसमा आश्रमलाई सम्झेर सहयोग र प्रोत्साहनस्वरुप सम्मान गरेको भन्दै आभार व्यक्त गरे ।

    जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक कल्पना ढकालको स्वागत तथा जिल्ला सचिव लिलाधर लुइँटेलको सञ्चालनमा भएको कार्यक्रममा समाजका पदाधिकारी, कार्यसमिति सदस्य, अभियन्ताहरु लगायतको उपस्थिति रहेको थियो ।