२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लियो सिद्धार्थनगर गौतमबुद्धद्वारा विद्यार्थीहरुलाई टिफिन बक्स वितरण

बुधवार , मंसिर १९, २०८१

भैरहवा, १९ मंसिर । लियो क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले विद्यार्थीहरुलाई टिफिन बक्स वितरण गरेको छ । मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केवलानीस्थित श्री गौतम बुद्ध माध्यमिक विद्यालयका १५० जना विद्यार्थीहरुलाई टिफिन बक्स वितरण गरिएको कार्यक्रम संयोजक आदर्श गुप्ताले बताए ।  

६७ औं लियो सप्ताह अन्तर्गत चौथो दिन विद्यालयमा पुगेर टिफिन बक्स हस्तान्तरण गरिएको लियो सिद्धार्थनगर गौतमबुद्धका संस्थापक अध्यक्ष सन्दिप कसौधनले बताए । ‘लियो सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम गरिरहेका छौं, ’कसौधनले भने ।