
बुधवार , मंसिर १९, २०८१
चितवन,१९ मंसिर । रास्वपा सभापति रवि लामिछाने समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ ।
रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा केहि प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो ।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेको छ । चितवनमा साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगेसंगै उनका समर्थकहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् । उनीहरुले चितवनबाटै रविलाई रिहाईको माग गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij