२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

उपाध्यायको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण

बिहिवार , मंसिर २०, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • दाङ, २० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको गढवा गाउँपालिका वडा नम्बर १ वडहरा निवासी ७५ बर्षिय दमयन्ता देवी उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष तथा संविधान सभाका पूर्व सदस्य रश्मिराज नेपालीकी श्रीमती तथा शिक्षक, पत्रकार एवं सामाजिक अभियन्ता विप्लप अधिकारी, सुमन अधिकारी, भरत अधिकारी, शुभद्रा अधिकारी, सीता अधिकारीकी आमा दमयन्तादेवी उपाध्यायको निधनले स्तब्ध तुल्याएको भन्दै मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    अधिकारीको निवास वडहरा पुगेर मुख्यमन्त्री आचार्यले शोकाकुल परिवारजनमा समवेदना समेत व्यक्त समेत गरे । कम्यूनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउन दमयन्तादेवी उपाध्यायको योगदान अतुलनीय रहेको स्मरण गर्दै समाजले सधै सम्झिरहने मुख्यमन्त्री आचार्यले उल्लेख गरे । उपाध्यायको मंसिर ८ गते उपचारको क्रममा निधन भएको थियो ।