
बिहिवार , मंसिर २०, २०८१
भैरहवा, २० मंसिर । लियो क्लब अफ सिद्धार्थनगर बोहिमियन्सले न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । क्लबले लुम्बिनी साँस्कृतिक नगरपालिका–८ स्थित श्री अधियारी माध्यमिक विद्यालयमा रहेको लुम्बिनी डे केयर सेन्टरमा न्यानो कपडा र खाद्यान्न वितरण गरेको क्लबकी संस्थापक अध्यक्ष सिर्जना कुवर क्षेत्रीले बताइन् । उनले बौद्धिकता अपांगता भएका बालबालिकाहरुलाई केही भए पनि सहयोग गर्न पाउँदा खुसीको अनुभुति भएको बताइन् । आगामी दिनमा पनि क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।
६७ औं लियो विक सेलिब्रेसन अन्तर्गत पाँचौ दिन उक्त कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुजाता नेपालले बताइन् । कार्यक्रममा २३ जनालाई न्यानो कपडा र खाद्यान्न सामग्री वितरण गरिएको उनले जानकारी दिइन् ।
लियो सिद्धार्थनगर बोहिमियन्सकी संस्थापक अध्यक्ष सिर्जना कुवर क्षेत्रीको अध्यक्षता, बौद्धिक अपांगता अभिभावक संघ रुपन्देहीका अध्यक्ष बाबुराम के.सी.को प्रमुख आतिथ्यता, श्री अधियारी माविका प्रधानाध्यापक पर्शुराम खरबिन्द र लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), एरिया–५ का सचिव क्रितेश कुमार श्रेष्ठ र लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष संजोगराज तिवारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सुभम के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij