
बिहिवार , फाल्गुण २७, २०७७
बुटवल, २७ फागुन ।
हिन्दुहरुको महान चाड मानिने महाशिवरात्री पर्व आज विश्वभर धुमधामसँग मनाइएको छ । महाशिवरात्रीको अवसरमा प्रसिद्ध शिवालय मन्दिरहरुमा दर्शनार्थीहरुको बिहानै देखिनै भिड लागेको थियो । यहाँका प्रसिद्ध मन्दिरहरु सिद्धबाबा, पर्रोहा बोलबम धाम, मुक्तिनाथ धाम, श्रृंगेश्वर धाम लगायतका शिवालय मन्दिरहरुमा विबहानैदेखि श्रद्धालु भक्तजनहरुको भिडभाड थियो ।
मन्दिरमा जाने आउने भक्तजनहरुलाई भिडभाडको व्यवस्थापन गर्नुका साथै यातायातलाई समेत व्यवस्थित गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । भिड व्यवस्थापनका लागि स्थानीय समुदाय, मन्दिर व्यवस्थापन समिति, प्रहरी र रेडक्रस सर्कलका युवाहरु खटिएका छन्।
शिवालयमा भक्तजनहरुले जल, वेलपत्र चढाउने, व्रत बस्ने र राती घरघरमा आगो बालेर धुनी जगाउने आदी कार्यहरु गरेमा भगवान शिव प्रसन्न हुने र घरमा सुख, शान्ति र आरोग्यता प्राप्त हुने धार्मिक बिश्वास रहि आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij