२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

रोट्रयाक्टर स्व. सचिन कुमार श्रेष्ठको सम्झनामा देशैभर रक्तदान

बिहिवार , मंसिर २०, २०८१

बुटवल, २० मंसिर । रोट्रयाक्टर स्वर्गीय सचिन कुमार श्रेष्ठको सम्झनामा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले देशैभर एकैसाथ रक्तदान कार्यक्रम गरेको छ । नोभेम्बर ३० र डिसेम्बर १ सम्म दुईदिन रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका विभिन्न जोन तथा विभिन्न क्लबहरुको समन्वयमा देशका विभिन्न ४३ स्थानहरुमा रक्तदान गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटी र रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । ‘रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसाथ गर्दै रगतको अभावले कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने मानवीय सेवालाई महत्व दिदै कार्यक्रम गरिएको रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीले जानकारी दिए । 

रोट्रयाक्ट डिष्ट्रिक्टले स्वर्गीय रोट्रयाक्टर सचिन कुमार श्रेष्ठको सम्झनामा हरेक वर्ष देशव्यापी रुपमा रक्तदान कार्यक्रम गर्दै आएको क्षेत्रीले बताए । यो वर्ष पनि मानवीय कार्यलाई निरन्तरता दिदै ११ औं संस्करणको रक्तदान कार्यक्रम सम्पन्न भएको उनले बताए ।

देशका विभिन्न ४३ स्थानहरुमा सम्पन्न भएको कार्यक्रममा १ हजार ४ सय ४६ युनिट रगत संकलन भएको सचिन मेमोरियल रक्तदान कार्यक्रमका संयोजकद्वय राजीव शर्मा र अर्जुन बहादुर के.सी.ले बताए ।