
बिहिवार , फाल्गुण २७, २०७७
भैरहवा, २७ फागुन ।
महाशिवरात्रीको अवसर पारेर लायन्स क्लब अफ सिद्धार्थनगर युथ र लियो क्लब अफ सिद्धार्थनगर युथले बिहीबार निःशुल्क पानी तथा चिया वितरण गरेका छन् ।
दुवै क्लबले संयुक्त रुपमा सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवा शिवालय मन्दिरमा आएका दर्शनार्थीहरुलाई पानी तथा चिया वितरण गरेको लायन्स क्लब अफ सिद्धार्थनगर युथका सचिव सन्दिपनाथ गोंगलले बताए ।
मन्दिरमा आएका १ हजार बढी भक्तजनहरुलाई चिया/पानी वितरण गरिएको लियो क्लब अफ सिद्धार्थनगर युथका द्वितीय उपाध्यक्ष अनुराग पाण्डेले बताए । मन्दिरमा आउने भक्तजनहरुलाई बिहानदेखि नै चिया÷पानी वितरण गरिएको कार्यक्रम संयोजकद्वय विशाल बोगटी क्षेत्री र सुनिल धवलले जानकारी दिए ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष असिम सैंजु र लियो क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष विकास यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij