२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रदेश सरकारले गरेका कामलाई मिडियाको माध्यमबाट मूल्यांकन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

बिहिवार , मंसिर २०, २०८१

देउखुरी, २० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरुलाई मिडियाको माध्यमबाट मूल्यांकन गर्न आग्रह गरेका छन् । बागेश्वरी अशल शासन क्लब (बास) का प्रतिनिधिसहित पत्रकारहरुसँग भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका कामलाई नागरिकमाझ पुर्‍याउन मिडियाको माध्यमबाट मूल्यांकन गर्नुपर्ने बताएका हुन् ।

‘प्रदेश सरकारले काम गरेको छ । तर, गरेका कामहरुलाई समेत बाहिर ल्याउन नसक्दा नकारात्मक धारणाको विकास भएको देखिन्छ । प्रदेश सरकारले जनसरोकारको पक्षमा, सुशासन र भ्रष्टाचार निवाकरणका लागिगरेका कामहरुलाई प्राथमिकता दिन जरुरी छ’मुख्यमन्त्री आचार्यले भने,‘भ्रष्टाचारविरुद्धको पाँचवर्षे रणनीति पास गरेर लागु समेत गरिसकेका छौं । यी क्षेत्रलाई पनि मिडियाबाट अघि बढाउन जरुरी छ ।’ 

नागरिकमा बढ्दै गएको निराशालाई आशामा बदल्ने गरी मिडिया क्षेत्र, सामाजिक संघ–संस्थाहरुले पहल लिनुपर्ने उनको भनाइ छ । बास संस्थाले लुम्बिनी प्रदेश सरकारका असल अभ्यास र उपलब्धिमा आधारित प्रकाशन, प्रशारणको काम गर्न परियोजना समेत सञ्चालन गरेको बारेमा जानकारी गराइएको थियो । 

WhatsApp Image 2024-12-05 at 6.46.15 PM (1).jpeg

त्यस्तै प्रमुख सचिव महादेव पन्थलाई पनि कार्यक्रमबारे जानकारी गराइएको छ । जनस्तरमा प्रदेश सरकारको कार्यक्रम पुग्ने तर, त्यसबारेमा नागरिक बेखबर हुने अवस्थाको अन्त्य गर्न मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण हुने प्रमुख सचिव पन्थले बताए ।