२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

लियो सिद्धार्थनगरद्वारा सिद्धार्थ बालगृहमा खाद्यान्न वितरण

शुक्रवार , मंसिर २१, २०८१

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, २१ मंसिर । लियो क्लब अफ सिद्धार्थनगरले लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबले ६७ औं अन्तर्राष्ट्रिय लियो सप्ताह अन्तर्गत बिहीबार बालगृहमा खाद्यान्न सामग्री वितरण गरेको अध्यक्ष थापाले बताइन् । उनले क्लबको स्थापनादेखि नै बालगृहमा प्रत्येक वर्ष केही कार्यक्रम गर्दै आएको र आगामी वर्ष पनि निरन्तरता दिने बताइन् ।

    कार्यक्रममा लायन्सका पूर्व डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लियो क्लब अफ सिद्धार्थनगरले आफ्नो छुट्टै पहिचान बनाएको बताए । उनले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।

    c5721863-f378-42d3-a6f0-4abe7a46a4b5.jpeg

    कार्यक्रम संयोजक विवेक कुमार गुप्ताको स्वागत तथा विवेक भुसालको सञ्चालनमा भएको कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष अर्जुन पौडेल, लियो डिष्ट्रिक ३२५ (पी), नेपालका प्रेसिडेन्ट श्रद्धा कुवर, कोषाध्यक्ष प्रविन गौडेल, एरिया चिफ मनिष ढकाल, लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष सतिश भुसाल, बालगृहकी सञ्चालक कृष्णमाया गुरुङ लगायतले बोलेका थिए ।