२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अखिल क्रान्तिकारीद्वारा भैरहवा बहुमुखी बीबीएस प्रथम वर्षमा संगठन विस्तार

शुक्रवार , मंसिर २१, २०८१

भैरहवा, २१ मंसिर । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मूल एकाई समिति भैरहवा बहुमुखी क्याम्पसले संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही क्रममा स्नातक तह अन्तर्गत व्यवस्थापन संकाय (बी.बी.एस.) प्रथम वर्ष मा संगठन विस्तार गरिएको अखिल क्रान्तिकारी भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष मनिष ढकालले बताए ।

प्रथम वर्ष (नेपाली माध्यम) तर्फ अजय केवटको अध्यक्षतामा २१ सदस्यीय, अंग्रेजी माध्यमतर्फ (सेक्सन ए) मा रोशनी चौधरीको अध्यक्षतामा १५ सदस्यीय र सेक्सन बी मा सोनु पालको अध्यक्षतामा १५ सदस्यीय कक्षा कमिटी गठन गरिएको ढकालले जानकारी दिए ।