२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

कालिकानगरमा द बाइकर्स हब सञ्चालन 

बिहिवार , फाल्गुण २७, २०७७

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • बुटवल, २७ फागुन । 
    बुटवल राइडर्स क्लबले बुटवलको कालिकानगरमा द बाइकर्स हब सञ्चालन गरेको छ । युवा उद्यमी रोनिश श्रेष्ठ र अर्जुन कंडेलको करिब ३० लाख रुपैयाँ लगानीमा द बाइकर्स हब सञ्चालनमा आएको हो । हबको रेभमाण्डु मोटो भ्लगर र बाइक स्टनर रबिन श्रेष्ठले उद्घाटन गरेका हुन् ।  

    बाइकर्स हबमा विभिन्न कम्पनीले उत्पादन गरेका १सय ५० सीसीमाथि विभिन्न कम्पनीका मोटरसाइकल, स्कुटर र बाइक एसेसोरिज उपलब्ध हुने सञ्चालक श्रेष्ठले बताए । हबमा मोटरसाइकल चलाउँदा सुरक्षाका लागि आवश्यक पर्ने बुट, घुंडाको सेफ्टी, पञ्जा लगायत बाइकका पार्ट्स् र मर्मतका लागि वर्कसप र कफी सप लगायतका सेवा रहेका छन् । हबमा ८ जनाले रोजगारी पाएका छन् । युवा उद्यमी श्रेठ बुटवलमा नौलो व्यवसाय गर्न रुचि राख्ने व्यक्ति हुन् ।