
शनिवार , मंसिर २२, २०८१
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा रहेको मधवलिया व्याडमिन्टन क्लवको तेस्रो साधारण सभा तथा अधिबेशनले केशव सिंह चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आज सम्पन्न अधिबेशनबाट आगामि कार्यकालका लागि चौधरीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको निर्वाचन अधिकृत दिलिप कुमार मल्लीकले जानकारी दिए ।
जसको उपाध्यक्षमा होमकुमार गुरुङ, सचिवमा बिष्णु थापा, सहसचिवमा राम थापा, कोषाध्यक्षमा अर्जुन सेन ठकुरी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सञ्जय नेपाल, लेख बहादुर गुरुङ, दिल्लीराज राना, सुन्दर गुरुङ, ईन्द्र थापा र भुपराज अर्याल निर्वाचित भएका छन् ।
निर्वाचन अघि साधारण सभामा बोल्दै समाजसेवि एंव माउण्ट एभरेष्ट कत्था मिलका सञ्चालक बसन्त रोक्का क्षेत्रीले व्याडमिन्टन खेलको बिकास र प्रबद्धनका लागि आबश्यक सहयोग गर्ने बताएका छन् । उनले व्याडमिन्टन कर्वड हलमा आफ्नो उद्योगबाट उत्पादित काठबाट अत्याधुनिक किसिमबाट पार्केटिङ गरिदिने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा लिस्नु युवा क्लवका अध्यक्ष तिर्थराज मल्ल, क्लवका आजिबन सदस्य डा. सालिकराम भण्डारी लगाएतले बोल्दै खेलकुदको बिकासमा सबैले योगदान गर्नुपर्नेमा जोड दिएका छन् ।
क्वलका सचिव बिष्णु थापाको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष केशव चौधरीले व्याडमिन्टन खेलको सस्थागत बिकासमा लाग्ने बताउदै आगामि दिनमा खेलाडि उत्पादनमा लाग्नु बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij