
शनिवार , मंसिर २२, २०८१
भैरहवा, २२ मंसिर । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) कार्यक्रममा भन्सार एजेण्ट पेशाबारे चर्चा गरिएको थियो । ‘जसरी अदालतमा वकिलको र कर कार्यालयमा लेखापरीक्षकको महत्व हुन्छ, त्यसरी नै भन्सारमा भन्सार एजेण्टको भूमिका महत्वपूर्ण हुन्छ’ कार्यक्रमका वक्ता नेपाल भन्सार एजेण्ट महासंघका पूर्वअध्यक्ष डा. शान्त कुमार शर्माले भने ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सामाजिक अगुवा शर्माले भने, ‘कुनै काम सानो–ठूलो हुँदैन। पढेका मानिसले आफूलाई मिल्दो जुनसुकै पेशा गर्दा पनि हुन्छ ।’ उनले अनुभव साझा गर्दै सो कुरा बताएका हुन् । एलएसडीटीको १३९ औ श्रृंखला तालिममा ‘मेरो कर्म, मेरो खुशी’ विषयमा आफ्नो अनुभव साझा गरेका शर्माले समाजशास्त्रमा विद्यावारिधी (पीएचडी) गरेका छन्।
रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा शनिबार (आज) आयोजित तालिमका अध्यक्ष एलएसडीटी सदस्य एवं बैंकर्स मानिस तामाङ्गले एलएसडीटीबाट आफूले बोल्ने कलाका साथै आत्मविश्वास बढाउने सूत्रहरु सिकेको बताए ।
भैरहवाका प्रख्यात खाद्यान्न व्यवसायी एवं एलएसडीटी सदस्य गोपाल आचार्यले स्वागत र कार्यक्रममाथि प्रकाश पारेका थिए । व्यवसायी आचार्यले भने, ‘एलएसडीटीमा जोडिदा त्रुटी गर्दै सिक्न पाइँदो रहेछ । एलएसडीटी सिक्न खोज्नेका निम्ति उपयोगी मञ्च रहेछ ।’
कार्यक्रमको सञ्चालन एलएसडीटी सदस्य तथा व्यवसायी अनुपम गुप्ताले गरेका थिए भने प्रारम्भिक सहजीकरण संजस्व जोशीले गरेका थिए । एलएसडीटीको प्रारम्भ ध्यानबाट हुने गर्दछ । बालबालिकाले सामूहिक राष्ट्रिय गान गाउने गर्छन् । स्वेच्छिक योगदानबाट तालिमको खर्च व्यवस्थापन हुँदै आएको एलएसडीटी व्यवस्थापन समिति सदस्य हरिश सेठियाले बताए ।
कार्यक्रममा विमला बेलबासे, रीता थापा, माया कंडेल, धन कुमारी कार्की लगायतले भनाइ राखेका थिए । एलएसडीटीको संस्थापक तथा मुख्य प्रस्तोता विजय पाण्डे हुन् । उनी उत्प्रेरक वक्ताका रुपमा परिचित छन् । पाण्डे लुम्बिनी प्रेस क्लब, रुपन्देहीका आजीवन सदस्य हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij