
आइतवार , मंसिर २३, २०८१
भैरहवा, २३ मंसिर । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा शनिबार जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।कार्यक्रममा वातावरणका जानकार अनुप खड्काले सहजीकरण गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले तापक्रम बढ्दै जानु र यसले पार्ने प्रभावका बारेमा सबै सचेत हुनुपर्ने बताए । उनले वन क्षेत्र जोगाउन र हरियाली बढाएर जलवायु परिवर्तनको असर घटाउन सकिने बताए ।
कार्यक्रमको सहयोगी संस्था शहरी पूर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजना, रुपन्देहीका संयोजक दिवाकर सुवेदीले कार्यक्रममाथि प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
रेडक्रस रुपन्देही जिल्ला शाखा सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षता, उपसभापति रुपमा हिराचनको स्वागत तथा मन्त्री रामचन्द्र उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij