
बिहिवार , फाल्गुण २७, २०७७
भैरहवा, २७ फागुन ।
रुपन्देहीको सियारी गाउँपालिकामा अवस्थित दक्षिणेश्वर धाम सेवा संस्थाले महाशिवरात्री पर्व भव्य रुपमा मनाएको छ । सियारी गाउँपालिका वडा नम्बर ३ र ४ मा अवस्थित धाममा महाशिवरात्रीको अवसरमा बिहीबार रुद्री, रुद्रभिषेक, जागरण, दान, भण्डारा, भजनकिर्तन, प्रवचनको मन्दिर निर्माणको शुभारम्भ गरिएको विश्व हिन्दु परिषद नेपाल रुपन्देहीका अध्यक्ष शेषनारायण शुक्लाले बताए ।
सियारी नदीको तटमा अवस्थित पौराणिक एवं ऐतिहासिक महत्व बोकेको स्वयं सिद्ध पावन पूण्य तपोभूमि दक्षिणेश्वर धाम महागते आश्रमको परिसरमा कार्यक्रम भएको धामका सह–सचिव समेत रहेका शुक्लाले बताए ।
दक्षिणेश्वरधामले बाल चेतना, परम्परागत संस्कार, युवा तथा पौढहरुलाई विभिन्न चेतनाका कार्यक्रमहरु दिँदै आएको छ । घर नभएका विपन्न गरिबहरुलाई घर बनाउन सहयोग गरिदिने, समृद्धिको कार्यक्रम अन्तर्गत मल बिउ नभएका किसानहरुलाई मल बिउ उपलब्ध गराउन आर्थिक सहयोग गर्ने जस्ता महत्वपूर्ण कामहरु गर्दै आएको शुक्लाले बताए ।
विश्वका प्रसिद्ध १२ जना गुरुहरुमध्ये एक जना गुरु यस महामुनि वन्दारु ऋधि श्री : श्रित : महागत धाममा रहेका छन, धामका सह–सचिव शुक्लाले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा समेत कार्यक्रमहरु गर्दै आइरहेका छौँ ।’ जापान, फ्रान्स, क्यानडा, भारतको बैंगलोर, हैदारावाद, आसाम लगायतका ठाउँहरुमा कार्यक्रम चलाएका छौँ ।
जीवनलाई कसरी सन्तुलन बनाउन सकिन्छ भनेर ज्ञान दिनुका साथै सुखी परिवार भन्ने उद्देश्य र लक्ष्यका साथ कार्यक्रम गर्दै आएको आयोजकको दावी छ । शिवरात्रीमा गत वर्षहरुमा ५–७ हजारको हाराहारीमा भक्तजनहरु आउने गरेकोमा यो वर्ष ११–१२ हजारको संख्यामा आएको आयोजकको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij