२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

राष्ट्रिय जनमुक्तिका महासचिव राम परियारलाई कारवाहीका लागि सिफारिस

सोमवार , मंसिर २४, २०८१

  • 862
    Shares
  • 862
    Shares
  • भैरहवा, २४ मंसिर । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारलाई पार्टीबाट निष्काशन गरी साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न लागि सिफारिस गरिएको छ । पार्टीको अनुशासन विभागले परियारलाई कारवाहीका लगि कार्यकारी अध्यक्ष केशव सुर्यवंशीसमक्ष सिफारिस गरेको हो ।

    धरानमा सम्पन्न पार्टीको छैठौं राष्ट्रिय महाधिवेशनबाट महासचिव जस्तो गरिमामय जिम्मेवारी पाएका परियारले सुरुका दिनदेखि नै पार्टीमा गैरसांगठनिक (अराजक) गतिविधिलाई निरन्तरता दिदै आएको पार्टीका उपाध्यक्ष एवं अनुशासन विभाग प्रमुख डा. हाजी मोहम्मद हसनले बताए ।

    ‘अधिकारका लागि पुनर्जागरण अभियान’ को आवरणमा नेकपा माओवादी नामक पार्टीमा प्रवेश गर्ने गरी मुख्य पहलकर्ताको भूमिकामा गतिविधि गरेको पुष्टी भएको उनले बताए । राम परियारको गतिविधिको गम्भीरताप्रति ध्यानाकर्षण गर्दै हसनले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी तत्काल कारवाही गर्नुपर्ने निष्कर्ष रहेको बताए ।

    WhatsApp Image 2024-12-07 at 6.26.50 PM.jpeg