२०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा कार्यविभाजन नियमावलीमा हेरफेर गर्ने निर्णय

सोमवार , मंसिर २४, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • दाङ, २४ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावलीमा हेरफेर गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावलीका ६ वटा विभिन्न बिषयहरुमा सामान्य हेरफेर, थपघट गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिए । ‘यो सामान्य हेरफेर र थपघट गर्ने निर्णय हो । कुनै संरचनामा हेरफेर गरिएको होइन’मन्त्री तिमिल्सिनाले भने,‘आवश्यकताका आधारमा नियमावली हेरफेरको काम गरिएको छ ।’ 

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालयमा गाभिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको काम तथा जिम्मेवारीको स्वामीत्व लिने, नयाँ बनेको युवा तथा खेलकुद मन्त्रालयलाई काम तथा जिम्मेवारी थप्ने गरी कार्यविभाजन नियमावली हेरफेर गरिएको हो ।

    प्रदेशमा युवा तथा खेलकुद नयाँ मन्त्रालय बनेको र त्यसलाई जिम्मेवारी थप गर्ने बारेमा नियमावलीले सम्बोधन गरिएको छ । मन्त्रालयहरु वार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयनमा जुटिरहेको बेला पुरानो कार्यविभाजनले समस्या पारेपछि संशोधन गरेर गाँठो फुकाइएको प्रदेश सरकारले जनाएको छ ।