२०८२, पौष ४ गते

Dec 19 2025 | २०८२, पौष ४ गते

रुपन्देहीको सियारीमा क्लोथ बैक सञ्चालनमा

मंगलवार , मंसिर २५, २०८१

  • 955
    Shares
  • 955
    Shares
  • रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा क्लोथ बैंक (कपडा बैंक) सञ्चालनमा आएको छ । क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना र सियारी गाउँपालिकाको सहकार्यमा क्लोथ बैंकको स्थापना गरिएको हो ।

    आर्थिक अबस्थाका कारण एकसरो कपडा समेत लगाउन नपाएका परिवारहरुलाई लक्षित गरी स्थानीय सरकारको समन्वय र सहकार्यमा पुनः प्रशोधन गरी तयार गरिएका लत्ताकपडा वितरण गर्ने गरी क्लोथ बैंकको स्थापना गरिएको हो। 
    क्लोथ बैंकको महानायक राजेश हमाल, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीलगायतले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।  

    WhatsApp Image 2024-12-09 at 7.11.28 AM.jpeg

    कार्यक्रममा बोल्दै महानायक हमालले क्लोथ बैंकले बिपन्न परिवारलाई ठुलो सहयोग गर्ने बताउदै एकदुई पटक प्रयोग गरेपछि फाल्नु भन्दा पुन प्रयोगका लागि क्लोथ बैकमा ल्याउन आग्रह गरे । 

    गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने जानकारी दिए । 

    क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जि.सी.ले विपन्न परिवारलाई लताकपडा प्रदान गर्ने गरी काम अगाडि बढाईएको बताए ।