२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष पाण्डे चौतारीमा प्रवेश

मंगलवार , मंसिर २५, २०८१

भैरहवा, २५ मंसिर । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन, नेपालका केन्द्रीय उपाध्यक्ष शंकर प्रसाद पाण्डे प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् । समाजवादी पत्रकार संगठन परित्याग गरी मंगलबार उनी नेकपा (एमाले) निकट प्रेस चौतारीमा समाहित भएको घोषणा गरेका हुन् ।

पाण्डे रुपन्देही एफएमका स्टेशन म्यानेजर, लुम्बिनी प्रेस क्लबका निवर्तमान महासचिव तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य हुन् । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पाण्डे रुपन्देहीका सिद्धार्थनगर नगरपालिकाका पूर्व प्रेस सल्लाहकार समेत हुन् ।

आफूले समाजवादी प्रेस संगठनको उपाध्यक्षसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरी प्रेस चौतारीमा समाहित भएको पाण्डेद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । आसन्न नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश सचिवमा उम्मेदवारी दर्ता गराएका पाण्डेले उम्मेदवारी फिर्ता लिएको समेत घोषणा गरेका छन् । साथै उनले प्रेस चौतारी नेपाल र प्रेस युनियनको संयुक्त प्यानललाई समर्थन गर्ने जनाएका छन् । 

‘तीन वर्षअघि जुन मूल्य, मान्यता, आदर्श र सिद्वान्तका साथ नेकपा (एमाले) बाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो, त्यसको पुष्टि हुन नसकेको र त्यो विद्रोहले कम्यूनिष्ट आन्दोलनलाई नै अपूरणीय क्षति भएको छ, ’विज्ञप्तीमा उल्लेख छ ।