
शुक्रवार , फाल्गुण २८, २०७७
भैरहवा, २८ फागुन ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको चौथो क्लब एसेम्बली एवं डिष्ट्रिक गभर्नर भिजिट सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रकाश पोखरेलको अध्यक्षता तथा रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिस्ट्रिष्ट गभर्नर राजिव पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै गभर्नर पोखरेलले क्लबले २५ औ वर्षमा आइपुग्दा सह्रानीय कार्य गरेको बताए । उनले आगामी दिनमा सामाजिक उत्तरदायित्व बहन गर्दै समाजमा अझै उदाहरणीय कार्य सुझाव दिए ।
बैठकमा क्लबका कमिटी चियर तथा सदस्यले आ–आफ्नो कमिटीको रिपोर्टिङ गरेका थिए जसमा एडमिनिष्ट्रेशन कमिटीको दिनेश अग्रवाल, मेम्बरसिप कमिटीको प्रशान्त विक्रम मल्ल, पब्लिक इमेज कमिटीको विकास श्रेष्ठ, सर्भिस प्रोजेक्ट कमिटीको ई. मधु गौतम र द रोटरी फाउण्डेशन कमिटीको जितेन्द्रनाथ शर्माले आ–आफ्नो कमिटीको कार्ययोजना प्रस्तुत गरेका हुन् ।
बैठकमा हालै भएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट कार्यसमिति सदस्यमा निर्वाचित क्लबका सदस्य समेत रहेका मंगल भण्डारी र हरी बहादुर थापालाई सम्मान गरिएको थियो ।
बैठकमा डिष्ट्रिक ३२९२ जोन १८ का एजी धुर्व कुमार धिताल तथा क्लबका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो । बैठक प्रेसिडेन्ट नोमिनी भोज खत्रीको स्वागत तथा प्रेसिडेन्ट इलेक्ट राजनजंग राणाको धन्यवादमा सहित सम्पन्न भएको थियो । क्लबका सचिव प्रा.डा. लक्ष्मी पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij