२०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

लुम्बिनी संग्राहलय संरक्षण परियोजना सुरु

बुधवार , मंसिर २६, २०८१

  • 994
    Shares
  • 994
    Shares
  • लुम्बिनी, २६ मंसिर । बुद्ध जन्मस्थल लुम्बिनी संग्रहालय संरक्षण परियोजना सुरु गरिएको छ ।  संग्राहलयको अमेरिकी दुतावासको सार्वजनिक मामिला प्रमुख माइक हार्करले बुधबार परियोजना सुरु गरिएको हो । लुम्बिनी विकास कोष र पुरातत्व विभागका प्रतिनिधिहरूको उपस्थितिमा प्राचिन कला कृतिहरुको अमूल्य संग्रह संरक्षण र दस्तावेजीकरण गर्ने उद्देश्यले एम्बासडर फण्ड फर कल्चरल प्रिजरभेसनको करिब सवा ३ करोड रुपैयाँ अनुदानमा संग्राहलय सुरुवात गरिएको छ । 

    संग्राहलय परियोजनाका अवसरमा अमेरिकी दुतावासको सार्वजनिक मामिला प्रमुख माइक हार्करले संग्रालयले स्थानीय र अन्तर्राष्ट्रिय विज्ञहरूलाई लुम्बिनी र वरपरका स्थलहरूका कलाकृतिहरू अध्ययन र संरक्षणमा महत्वपूर्ण टेवा दिने बताए । उनले पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला पनि स्थापना गरिने बताए ।  

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख प्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई, बुद्ध फाउण्डेशनका निर्देशक आस्था थापाले संग्राहलयले पुरातात्विक अध्ययनमा ठूलो योगदान गर्ने बताए । परियोजनाले नेपालको समृद्ध सम्पदालाई आगामी पुस्ताका लागि सुरक्षित र सुनिश्चित गर्दै साँस्कृतिक संरक्षणमा सीपहरू सुदृढ गरी तालिम लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ ।  

    २००३ देखि अमेरिकी दूतावासले नेपालभर साँस्कृतिक संरक्षणलाई अगाडि बढाउँदै लुम्बिनीमा पनि संग्रहालय स्थापना गरिएको हो ।