
बिहिवार , मंसिर २७, २०८१
भैरहवा, २७ मंसिर । रुपन्देहीको भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा एकदिने बेसिक फोटाग्राफी तालिम सम्पन्न भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा मंसिर २० गतेदेखि भैरहवास्थित अञ्चलपुरमा मेला सञ्चालन भइरहेको हो । महोत्सव अन्तर्गत मंगलबार तालिम सञ्चालन भएको संघकी कार्यसमिति सदस्य एवं तालिम संयोजक रचना क्षेत्रीले बताइन् ।
तालिममा सहभागीहरुलाई महोत्सवका आधिकारिक फोटोग्राफर एवं प्रशिक्षक दुर्गा प्रसाद अधिकारीले प्रशिक्षण दिएका थिए । अधिकारीका अनुसार तालिममा ४५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । महोत्सवमा मेहन्दी तालिम पनि सञ्चालन भइरहेको छ ।
महोत्सव पुस १ गतेसम्म सञ्चालन हुने संघका सचिव एवं प्रचार प्रसार समिति संयोजक मंगल भण्डारीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij