२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

एमाले लुसनपा–१ को दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अब्दुल

बिहिवार , मंसिर २७, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाहरुमा अधिवेशनहरु सम्पन्न गरिरहेको छ । सोही क्रममा बुधबार लुम्बिनी साँस्कृतिक नगरपालिका (लुसनपा) वडा नम्बर १ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अब्दुल हफिज मुसलमानको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ। कमिटीको उपाध्यक्षमा जितेन्द्र जैसवाल, सचिवमा जमिल मोहम्मद शेष, सह–सचिवमा सुनिता हरिजन र आर मोहम्मद मुसलमान रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा विजय प्रसाद जैसवाल, रामचल हरिजन, महेश हरिजन, रितेश श्रीवास्तव, रितु श्रीवास्तव, निर्मला हरिजन, सोना देवी लोहार, शान्ति देवी हरिजन, कलावती कलवार, जगदीश अग्रहरी, विजय कुमार विश्वकर्मा, रिंका हरिजन, चिनक लोध, गणेश यादव, कयूम चौधरी र अम्बिका विश्वकर्मा रहेका छन् ।

    एमाले लुसनपा–१ का सचिव शैलेश हरिजनको अध्यक्षता, पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य एवं, लुम्बिनी नगर इञ्चार्ज तथा नगर उपप्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यता, प्रदेश कमिटी सदस्य इन्साफ मुसलमान, जिल्ला सदस्य टिका कट्टेल, सुरज जयसवाल, नगर अध्यक्ष गोविन्द ज्ञवाली, उपाध्यक्ष मन्जु ढकाल, सचिव वसिउद्दीन खाँ, सह–सचिव सरिता श्रीवास्तव लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।